माछापुच्छ्रे बैंकले डाक्यो २४औं साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा

८ पुष २०७९, शुक्रबार १०:५०

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते सभामण्डप, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

सो सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका अलावा गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गर्नेछ ।

यसका अलावा संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुष १७ गते एक दिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*