लाभांश प्रस्तावसहित मन्दाकिनी हाइड्रोपावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्तावसहिर्त साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस ३० गते, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्कवेट, बत्तिसपुतलीमा बिहान ११ बजे नवौँ वार्षिक साधारण सभा डाकेको हो ।
सो सभाले हाल कामय चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने २ करोड ९४ लाख १ हजार ८४५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै संस्थापक समूहबाट ४, सर्वसाधारण समूहबाट २ तथा स्वतन्त्र सञ्चालक १ जना गरी ७ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।












