श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको पौस ७ गतेका दिन बसेको संचालक समितिको बैंठकले यहि पौस २९ गतेका दिन कम्पनी रजिष्ट्रर्डको कार्यालय, डिल्लीबजार, काठमाडौंमा बस्ने भएको हो ।
सभो आथिर्क वर्ष २०७८।०७९ को प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारीत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८।०७९ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बांडफांड हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसंग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरु पारीत गर्ने प्रस्ताव रहेको छ ।
आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका महत्वपुुर्ण प्रस्ताव रहेको छ ।
संचालक समितिले प्रस्ताव गरे बमोजिम आथिक वर्ष २०७८।०७९ सम्मको संचित मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पूँजीको २ दशमलव ४० प्रतिशतले बोनश शेयर वितरण गर्ने प्रस्ताव रहेको छ ।
संस्थाले साधारण सभाको प्रयोजनको लागि पौस १९ गतेका दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।












