आरएसडिसी लघुवित्तद्धारा साधारण सभा आह्वान, लाभांश प्रस्ताव मुख्य एजेण्डा

८ पुष २०७९, शुक्रबार १२:०५

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पुस २९ गते एशियन होटल प्रा.लि., बुटवल, रुपन्देहीमा बिहान ९ बजे बस्नेगरी सभा डाकेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको सभाले जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १५ गतेदेखि बुकक्लोज गर्ने भएको छ । यसथै पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*