लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच भएको १२ बुँदे सम्झौताप्रति अध्यक्ष ज्ञवालीको असहमति, ५ सदस्यलाई निष्काशन

८ पुष २०७९, शुक्रबार १२:३२

काठमाडौं । लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले संघर्ष समिति र लघुवित्त बैंकर्स संघबीच भएको १२ बुँदे सहमति स्वतः खारेज हुने बताएका छन् । ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै उक्त सहमति संघर्ष समितिको निर्णय र नीति विपरित भएको बताउँदै स्वतः खारेज हुनुपर्ने बताएका हुन् ।

संघर्ष समितिको गत पुष १ र २ गतेको केन्द्रीय कार्यालयको बैठकले महासचिव पद नै नरहने निर्णय गरिसकेकाले उक्त हुँदै नभएको पदको दुरुपयोग गरी केही ब्यक्तिलाई उचालेर लघुवित्त बैंकर्स संघका महासचिव र संघर्ष समितिका उपाध्यक्ष एलिमा मियाबीच भएको १२ बुँदे सहमति नीति विपरीत भएको बताएका हुन् ।

साथै संघर्ष समितिले उक्त समझदारीमा सहभागी ५ जना सदस्यलाई समितिबाट निष्काशन समेत गरेको जनाएको छ । गत पुष ५ गते लघुवित्त बैंकर्स संघ र लुघवित्त संस्थाहरु विरुद्धको संघर्ष समितिबीच लघुवित्त संस्थाहरु बन्द गर्ने सम्बन्धमा आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने १२ बुँदे सम्झौता भएको थियो ।

उक्त सम्झौतापत्रमा लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादव र संघर्ष समितिका उपाध्यक्ष भनिने एलिया मियाले हस्ताक्षर गरेका थिए ।

लघुवित्तविरुद्ध संघर्ष समितिले जारी गरेको विज्ञप्ति

लघुवित्त बैंकर्स संघ र लघुवित्तविरुद्ध संघर्ष समितिबीच भएको १२ बुँदे सहमति

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*