एनआईसी एशिया बैंकको सेवा २ दिन अवरुद्ध रहने, यस्तो छ कारण
८ पुष २०७९, शुक्रबार १२:५४

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको सेवा अवरुद्ध हुने भएको छ । बैंकको कोर बैंकिङ्ग सिस्टमको स्तरोन्नतिको लागि पौस ८ गते कारोबार समयपश्चात ९ गते अपरान्ह सम्म बन्द हुने भएको छ ।
बैंकले उक्त समयमा इन्टरनेट बैंकिङ्ग, मोबइल बैंकिङ्ग, एटिएम कार्ड, रेमिटेन्स लगायतका सेवाहरु अवरुद्ध रहने जनाएको छ ।













