नेपाल राष्ट्र बैंकद्धारा तीन विनियमावली संसोधन, कुन व्यवस्था भयो परिमार्जन ? (पूर्णपाठ सहित)

८ पुष २०७९, शुक्रबार २०:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विनियमावली संसोधन गरेको छ । राष्ट्र बैंकले विनियमावली विप्रेषण विनियमावली २०६७, नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ तथा नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ लाई संशोधन गरेको छ ।

मनि एक्सचेन्ज अर्थात् विदेशी मुद्रा विनिमय कारोबार गर्ने एजेन्टहरुले अब अनिवार्य प्रहरी रिपोर्ट पेश गनुपर्नेछ । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्था विभागले शुक्रबार मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ तथा विदेशी विनियमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ लाई संशोधन गर्दै विभागले विनियम ४ को उपविनियम ३ मा इजाजत प्राप्त गर्न वा इजाजत पत्र नवीकरण गर्न प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि (क्रिमिनल रेकर्ड) नदेखिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको छ । यदि क्रिमिनल देखिएपनि उक्त व्यक्तिले सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाण पेश गर्नुपर्ने प्रावधान विनियमावलीमा व्यवस्था गरिएको छ ।

FXMD_Circular-13_2079.80

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*