मोलुङ हाइड्रोपावरले पुस १९ गतेदेखि आइपीओ निष्काशन गर्ने

९ पुष २०७९, शनिबार १८:११

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगाबासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड २ लाख ५० हजार रुपैया बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर निष्काशन गर्न लागेको हो । सोमध्ये मोलुङ गाउँपालिकाका बासिन्दाका लागि ५० प्रतिशत र सुनकोशी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका बासिन्दाका लागि ५० प्रतिशत छुट्याइएको छ ।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता र कम्पनीका कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर निष्काशन गर्ने भएको

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*