एक दर्जन लघुवित्त संस्थाद्धारा लाभांश घोषणा, कुनको कति ? (तालिकासहित)

१० पुष २०७९, आईतवार ०९:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त संस्थाहरुमध्ये हालसम्म एक दर्जन लघुवित्त संस्थाहरुले मात्रै आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् ।

५० भन्दा बढी नेप्सेमा सूचीकृत लघु्वित्त संस्थाहरु मध्ये गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने संस्थाहरुमा जाल्पा सामुदायिक लघुवित्त, आरएसडीसी लघुवित्त, आरएमडीसी लघुवित्त, साना किसान लघुवित्त, गुराँस लघु्वित्त, फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, मेरो माक्रोफाइनान्स, नेरुडे लघुवित्त, मिर्मिरे लघुवित्त, सिवाइसी नेपाल लुघवित्त, साधना लघुवित्त रहेका छन् ।

अन्य कम्पनीहरुको तुलनामा लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्षमा आर्जन गरेको संचित मुनाफाबाट शेयरधनीहरुलाई राम्रै प्रतिफल दिने गरेको छ । संचालनमा रहेका ६६ लघुवित्त संस्थाहरुमध्ये पनि केही संस्थाहरु मर्जर प्रक्रियामा रहेका छन् । बैंकहरुले भटाभट लाभांश घोषणा गरिसक्दा पनि लघुवित्त संस्थाहरुले भने लाभांश वितरणमा केही ढिलाई गरेको देखिएको हो ।

१२ लघुवित्त संस्थाहरु मध्ये पनि सबैभन्दा पहिले र सबैभन्दा बढी धेरै लाभांश घोषणा गर्ने संस्थामा जाल्पा सामुदायिक लघुवित्त रहेको छ । संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ७३ प्रतिशत बोनस शेयर र ३.८४२१ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

साथै १२ मध्ये मिर्मिरे लुघवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई २३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । अन्य ११ कम्पनीले भने बोनस शेयर र नगद लाभांश दुवै प्रस्ताव गरेका छन् ।

साथै दर्जन लघुवित्त संस्थामध्ये १० लघुवित्त संस्थाहरुले २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेका छन् भने बाँकी दुई लघुवित्त संस्था आरएरडीसी लघुवित्त र गुराँस लघुवित्तले भने अन्य संस्थाको तुलनामा कम लाभांश प्रस्ताव गरेका छन् । साथै हालसम्म तीन लघुवित्त संस्था गुराँस, आरएसडीसी र फर्स्ट माइक्रोफाइनान्सले भने साधारण सभा तथा बुकक्लोजको मिति समेत तोकिसकेका छन् । अन्य संस्थाले राष्ट्र बैंकबाट स्वीकृत पाएपश्चात् साधारण सभा र बुकक्लोजको मिति तोक्नेछन् ।

१२ लघुवित्त संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश :

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*