लाभांस प्रस्ताव सहित मुक्तिनाथ विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको पौस ८ गतेका दिन बसेको संचालक समितिको बैंठकको निर्णयले होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरा कास्कीमा हुने भएको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले आ.व. २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७८।७९ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणहरु पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९।८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा सो विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लि. को आ.व. २०७८।७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ० दशमदलव ७१०५ प्रतिशतका दरले नगद लाभांश (बोनस सेयरको कर प्रयोजनार्थ) र १३.५ प्रतिशतका दरले वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकले सभालाई मध्यनजर गर्दै पौस २० गतेका दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।












