फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोजको मिति तय

काठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारण सभा आह्वान गरेको छ । संस्थाले यहि पौस ३० गतेका दिन दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा दिउँसो १ बजेबाट सुरु हुने भएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल गर्ने, आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थाको अधिकृत पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले कम्पनीले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट ३० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत बोनश शेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसकारण बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।












