भाट–भटेनीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

१० पुष २०७९, आईतवार १२:२२

काठमाण्डौं । भाट–भटेनी सुपरमार्केटका ग्राहकले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याकको अफर नेपालभरिका भाटभटेनीका शाखाहरुमा पुस १० देखि माघ १० गतेसम्म उपलब्ध हुनेछ ।

डायनमिक क्यूआरका रुपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा जडान भएको नेपालपे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्ट आईपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। भाटभटेनीमा नेपालपे क्यूआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्सको सहकार्यमा सुचारु गरिएको हो। देशको सबैभन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफरमार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

हाल नेपालपे क्यूआरको सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेलपे, मोरु र कनेक्ट आईपीएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुनेछ ।

भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट एपको क्यूआर स्क्यान स्क्रिनमा नेपालपेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*