पोखरा फाइनान्सको लाभांश स्वीकृत
११ पुष २०७९, सोमबार १०:१८

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।












