नेपाल फाइनान्सले डाक्यो साधारण सभा, कहिले हुदैछ बुक क्लोज ?

११ पुष २०७९, सोमबार १०:२७

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको पौस ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम पौस ३० मा होटेल, एल्लो प्यागोडा, कान्तिपथ, काठमाडौंमा हुने भएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल गर्ने, आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थाको अधिकृत पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*