लाभांश प्रस्तावसहित साधना लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

११ पुष २०७९, सोमबार १०:३०

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लुघवित्तले यहि पुष ३० गते सभा डाकेको हो । सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका ६ गोरखामा बिहान ११ः३० बजे बस्नेछ ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ ।

यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि कार्य अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सो आवको वित्तीय विवरण पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुष २० गते एकदिन बुक्लोजको मिति तोकेको छ । यसर्थ पुष १९ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा उपस्थित हुन तथा प्रस्तावित लाभांश पाउन योग्य मानिनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*