लाभांश प्रस्तावसहित मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुष २७ गते बस्ने, बुकक्लोज कहिले ?

११ पुष २०७९, सोमबार १०:५६

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ५ गते बसेको संचालक समितिको बैठकले सभा पुष २७ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १ सुनसरीमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १२.३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश पारित गर्नेछ ।

यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि कार्य अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सो आवको वित्तीय विवरण पारित गर्ने र संस्थापकबाट प्रतिनिधित्व गर्ने ३ जना संचालक निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुष १४ गतेदेखि पुष २७ गतेसम्म बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष १३ गतेसम्म कायम शेयधरनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*