पोखरा फाइनान्सद्धारा वार्षिक साधारण सभा आह्वान, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं पोखरा फाइनान्स लिमिटेडले लाभांश प्रस्तावसहित १७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुष ३० गते बस्नेगरी डाकेको हो । सभा दरबारथोक बैंक्वेट, बास्तोलाथर, पोखरा ९ कास्कीमा बिहान ९ बजे बस्नेछ ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश पारित गर्नेछ ।
यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि कार्य अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सो आवको वित्तीय विवरण पारित गर्ने र संस्थापकबाट प्रतिनिधित्व गर्ने ३ जना संचालक निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुष १९ गतेदेखि पुष २९ गतेसम्म बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष १८ गतेसम्म कायम शेयधरनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।












