सिनर्जी पावरले डाक्यो १६औं साधारण सभा, यस्ता छन् प्रस्तावहरु

११ पुष २०७९, सोमबार ११:२०

काठमाडौं । सिनर्जी पावर डेमलपमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले १६औं सभा पुष ३० गते डाकेको हो । सभा टाइम्स स्क्वायर लङ, बालुवाटार काठमाडौंमा बिहान ९ बजे बस्नेछ ।

सो सभाले गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साथै चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै खालको लाभांश प्रस्ताव गरेको छैन । यसर्थ यसपटक शेयरधनीहरुको हात खाली हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*