समृद्धि फाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले २१औं साधारण सभा पुष ३० गते होटल एभोकाडो अर्किट रिर्सोट हेटौंडा मकवानपुरमा बिहान १० बजे बस्नेगरी डाकेको हो ।
सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने।गाभिने तथा मर्जरमा जाने कार्य अघि बढाउनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । यसका अलावा चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहबाट एक जना र सर्वसाधारण समूहबाट १ जना गरी दुई जना संचालक निर्वाचन गर्ने एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुष १८ गते एक दिन बुक्लोजको मिति तोकेको छ । यसर्थ पुष १७ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।












