२३ प्रतिशत लाभांश प्रस्तावसहित मिर्मिरे लघुवित्तद्धारा साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

११ पुष २०७९, सोमबार १३:०३

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पुष ३० गते शनिबार १२औं सभा डाकेको हो । सभा योयो बैंक्वेट सूर्यविनायक नगरपालिका ५ घँलाते, भक्तपुरमा बिहान ११ बजे बस्नेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २३ प्रतिशत बोनस शेयर पारित गर्नेछ । साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने।गाभिने तथा मर्जरमा जाने सन्दर्भमा संचालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका अलावा सभाले गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय विवरणमाथि छलफल गरि पारिन गर्ने, चालु आवको लागि लेखापरिक्षक नियुक्त गर्ने र एकजना संचालक निर्वाचित गर्ने सभाको प्रस्तावहरु रहेका छन् ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुष २० गते एकदिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष १९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*