मल्टीपर्पस फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने, बोलायो साधारण सभा

११ पुष २०७९, सोमबार १३:१८

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुष ३० गते कम्पनीको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा दिउँसो १ बजे बस्नेगरी सभा डाकेको हो ।

सो सभाले चुक्तापुँजी ४५ करोड रुपैयाँको १ः०.३५ प्रतिशत (अर्थात १ शेयर बराबर शुन्य दशमलव ३५ शेयर वा प्रत्येक शेयरको ३५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर जारी गरी तथा चुक्तापुँजी बृद्धि गरी ६१ करोड २ लाख रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका अलावा कम्पनीको हालको पुँजी संरचना संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत रहेकोमा संस्थापकबाट ५१ र सर्वसाधारणबाट ४९ प्रतिशत कायम गर्न प्रबन्धपत्रमा संशोधन गर्नेछ ।

साथै गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय विवरण, चालु आवको लेखापरीक्षक नियुक्त गर्ने सभाको प्रस्तावहरु रहेका छन् । कम्पनीले पुष २० गते एकदिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष १९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*