पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
११ पुष २०७९, सोमबार १५:०६

काठमाडौं । नेप्से ५६।८६ बढ्दा १९२४।०७ को विन्दुमा कायम भएको छ। नयाँ गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिनु एक घण्टाअघि साताको पहिलो सेयर कारोबारमा उत्साहपूर्ण हरियाली देखिएको छ। लामो समयदेखि उही बिन्दु वरपर उतारचढावमा रहेको बजारमा देखिएको वृद्धिले बजारमा आश बढेको विश्लेषकहरू बताउँछन्।
नेप्से उचालिँदा आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा धेरै गोखार्ज फाइनान्सको शेयर बढेकोे छ । कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।
त्यस्तै, धैलागिरि लघुवित्त, खप्तड लघुवित्त, सीजनशील लघुवित्त, रिलायन्स फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।













