अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनसँगै शेयरबजारमा उछाल, कारोबार दुई अर्बमाथि

११ पुष २०७९, सोमबार १५:१५

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उछाल आएको छ । लामो समयपछि लगानीकर्तामा शेयरबजारप्रति उत्साह थपिएको छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्कापक्की भएपछि आज नेप्से सूचक ५६.८६ अंकले बढेर १९२४ विन्दुमा पुगेको छ । यसअघि पनि पौडेल अर्थमन्त्रीमा रहँदा शेयरबजारमा सकारात्मक सुधार देखिएको थियो । अर्थमन्त्री पौडेलले आज ४ बजे शपथग्रहण लिदैछन् ।

पौडेल तेस्रोपटक अर्थमन्त्री बन्दा आम ५३ लाख शेयर लगानीकर्ताहरुमा उत्साह थपिएको छ । खस्किँदो अर्थतन्त्रकाबीच नयाँ अर्थमन्त्रीको आगमनले शेयरबजार बढ्नेमा लगानीकर्ताहरु आशावादी बन्न थालेका छन् ।

यसैको प्रभावले पनि आज नेप्से सूचक आक्रामक अंकले बृद्धि भएको छ । नेप्सेमा सूचीकृत २५० कम्पनीको ५६ लाख ५३ हजार ५३ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

शेयरबजार बढेसँगै आज कारोबार रकम समेत बढेको छ । केही महिनायता एक अर्ब वा सो भन्दा तल करोडमा सीमित हुने कारोबार रकम आज बढेर २ अर्बमाथि पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*