शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

११ पुष २०७९, सोमबार १५:५५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकले १३.३० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य ३४४ रुपैयाँका आधारमा नेप्सेले सो प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ३०३ रुपैयाँ ६२ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि शेयरबजारमा कारोबार खुल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*