चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१२ पुष २०७९, मंगलवार ०६:००

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुई वािणज्य बैंक, एक विकास बैंक र एक हाइड्रोपावर कम्पनीले पुष १३ गते बुक्लोज गर्ने भएसँगै आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्रै यी कम्पनीको लाभांश पाउनेछन् ।

नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक र राधी विद्यूत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । भोलिसम्म शेयर खरिद गरी कायम रहेका शेयरधनीहरुले यी कम्पनीहरुले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न बैंकले पुष २५ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे बस्नेगरी २९औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश गरी कलु १३.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुष २८ गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे बस्नेगरी २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर र ९ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै उक्त प्रस्तावित लाभांश पारित गर्न बैंकले पुष २६ गते अमृतभोग कालिकास्थान, काटमाडौंमा बिहान ११ बजे बस्नेगरी १५औं वार्षिक साधारण सभा आह्वान गरेकोछ ।

राधी विद्युत कम्पनी
राधी विद्युत कम्पनीले गत आर्थिक वर्षको मुनाफा शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुष २८ गते कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बस्नेगरी साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*