जनार्दन शर्मा असफल भएको प्रचण्डको ठहर, आर्थिक पुनरुत्थान गर्ने प्रधानमन्त्रीको घोषणा, लगानीकर्ता कति आशावादी हुने ?

काठमाडौं । माफिया, बिचौलिया र भ्रष्टाचारीसँगको साँठगाँठमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र ध्वस्त पारेको सोही पार्टीका अध्यक्ष प्रचण्डले स्वीकार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शपथ लिएकै दिन देशको ध्वस्त भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने घोषणा गर्नुले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि देशको अर्थतन्त्र ध्वस्त पारेको प्रमाणित भएको छ ।
यसअघि उज्यालोका नायक भनेर चिनिएका जनार्दन शर्मा आफू, आफन्त र शेर बहादुर देउवाकी पत्नी आरजु राणा र उनको विदेशी तर्फको छोरासँग मिलेर जनार्दन शर्माले अर्बौ रुपैयाँ घोटाला गरेका थिए ।
जनार्दन शर्माले १६ महिनासम्म देशमा गरेको दोहनबाट उत्पन्न गम्भिर परिस्थितिलाई पुनरुत्थान गर्दै घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले यसअघिको सरकारले गरेका निर्णयहरु सच्याउने घोषणा गरेका छन् । आज विहान नेपाल उद्योग बाणिज्य महासंघको टोलीसँग भेटघाटको क्रममा प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक अवस्था सुधार गर्ने निर्णय हिजै गरिसकेकाले सरकार निजि क्षेत्रसँग सहकार्य गर्दै ध्वस्त भएको अर्थतन्त्र बचाउन सबै प्रकारको निर्णय गर्न तयार रहेको सन्देश निजि क्षेत्रलाई दिएका छन् ।

सामान्य अवस्थामा चलिरहेको अर्थतन्त्र जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भए लगत्तैदेखि ओरालो लाग्न थालेको थियो । जसको गम्भिर असर अर्थतन्त्रमा देखिएर अहिले जनताले एक लाख रुपैयाँ समेत ऋण नपाउने अवस्थामा पुगेको छ । सात महिना लामो आयात प्रतिबन्ध लगाउँदा समेत सुध्रन नसकेको अर्थतन्त्रका बारेमा जनार्दन शर्माले अन्तिम दिनसम्म समेत दोहन गर्ने प्रयत्न जारी राखेका थिए ।
मन्त्री शर्माले ध्वस्त पारेको अर्थतन्त्रीका सम्बन्धी नव नियुक्त उपप्रधान तथा अर्थतन्त्री विष्णु पौडेलले समेत कुनै पनि हालतमा बचाएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हिजो पद बहाली गर्दै मन्त्री पौडेलले आम सर्वसाधारणलाई नआत्तिन आह्वान गरेका छन् । अर्थमन्त्री पौडेलले अहिलेको मुख्य चुनौतिका रुपमा ध्वस्त भएको अर्थतन्त्रलाई सही दिशामा ल्याएर मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु मुख्य लक्ष्य भएको बताएका छन् ।
हिजो बसेको मन्त्रिपरिषदको बैठकले पहिलो निर्णय (जुन नीतिगत निर्णयको रुपमा विस्तारै कार्यान्वयनमा जान्छ) को रुपमा आर्थिक संकटबाट मुलुकलाई बचाउने निर्णय गरेको छ । उक्त निर्णयले तनावपूर्ण अवस्थामा रहेको देशको अर्थतन्त्रलाई राहत मिलेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले गरेको पाँच वटा निर्णयको पहिलो बुँदामा भनिएको छ, ‘वित्तीय र मौद्रिक नीतिको सामान्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको संचितिमा परेको दवाव तथा पूजीबजारमा आएको गिरावटलाई संवोधन गरि अर्थतन्त्रलाई गतिशिल बनाउने ।’ उक्त निर्णयले उज्यालोका नायक जनार्दन शर्मालाई १६ महिने कार्यकालमा नेपालको अर्थतन्त्र ध्वस्त पारेको अपजसको भारी बोकाईदिएको छ । र, प्रश्न उठेको छ, जनार्दन शर्माले त्यस्तो के गरे ? जसका कारण उनकै पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा पहिलो निर्णय नै अर्थतन्त्रलाई सुधार गर्ने भन्ने बुँदा राख्नु पर्यो ।
जेहोस्, लगानीकर्ताको नजरमा एउटा असफल अर्थमन्त्रीको बिदाई गरिएको छ । असफल मन्त्रीको मन्त्री बिदाई गरिएको छैन, सिंगो असफलताको विदाई हुन सुरुवात भइसकेको छ । त्यसो भन्दैमा रातारात चमत्कार हुने गरी शेयर मूल्य बृद्धि हुन आवश्यक छैन । जसरी अहिलेको संकटपूर्ण अवस्थामा विस्तारै सुधार हुन जान्छ, सुधारको अनुपातमा शेयर मूल्य बृद्धि भयो भने मात्रै त्यस्तो बृद्धि दीगो र स्थायी हुन्छ अन्यथा विगतकै नियती दोहोरिनेतर्फ सबै सचेत हुनु जरुरी छ ।












