राष्ट्र बैंकद्धारा गुहेश्वरी मर्चेन्ट बैकिङ्गको लाभांश परिमार्जन, बोनस घट्यो

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश संशोधित भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाइ प्रस्ताव गरेको लाभांश संशोधित भएको हो ।
कम्पनीले पुष ५ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रीतशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले सो लाभांश परिमार्जन गरेको हो ।
केन्द्रीय बैंकको निर्देशन बमोजिम कम्पनीको पुष ११ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट कम्पनीले बोनस शेयर घटाएर ६.५० प्रतिशत बोनस शेयर र रकर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।












