मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तबीच मर्जर सम्झौता
१२ पुष २०७९, मंगलवार १०:३०

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघु्वित्त वित्तीय संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्झौता भएको छ ।
मोरङ जिल्ला विराटनगर महागरपालिका वडा नं. ३मा केन्द्रीय कार्यालय रहेको नेरुडे लघु्वित्त वित्तीय संस्था र काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ८ मा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लुघवित्तबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि पुष ११ गते समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।
साथै सम्झौतापश्चात दुवै संस्थाले आगामी वार्षिक साधारण सभासम्मको लागि आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का राख्न नेप्सेलाई अनुरोध गरेको छ ।












