एशियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

१२ पुष २०७९, मंगलवार १०:४२

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर २७ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज (पुष १२)गते बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीले स्थानिय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद भने थप गरेको छ। आयोजना प्रभािवत क्षेत्रका स्थानिय बासिन्दाहरुले कम्पनीको आईपीओमा पुस १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नं. ११ का स्थानिय बासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र अति प्रभावित क्षेत्रबाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबास गर्ने बासिन्दाहरुका लागि बाँकी २ लाख ४ हजार कित्ता शेयर रहेको छ।

यसका साथै सर्वसाधारणमा निष्काशन हुने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। सो शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*