एनसीसी बैंकको १० लाख कित्ता शेयर बिक्रीमा

१२ पुष २०७९, मंगलवार ११:०४

काठमाडौं । एनसीसी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक शेयरधनी कोषराज वन्तले सर्वाधिक सेयर बिक्रीका लागि निवेदन दिएका छन् । उनले आफ्नो नाममा रहेको ४ लाख २६ हजार ९३२ कित्ता सेयर बेच्न लागेका हुन् ।

त्यसैगरी, दीपकरत्न शाक्यले ३ लाख १५ हजार १३ कित्ता, खेमनाथ डल्लाकोटीले एक लाख ८९ हजार ६९८ कित्ता, नरेन्द्रलाल जोशीले ६२ हजार ८८० कित्ता र देवबहादुर खत्रीले २० हजार ३३४ कित्ता संस्थापक सेयर बेच्दै छन् । बैंकका अर्का सेयरधनी ठाकुरप्रसाद गौतमले पनि १९ हजार १४७ कित्ता र सुदीप पौडेलले ५ हजार ४७० कित्ता संस्थापक सेयर बिक्री गर्दैछन् ।

यसरी बैंकले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल १० लाख ३९ हजार कित्ता शेयर बिक्री गर्न ३५ दिने सूचना जारी गरेको छ । उक्त सेयर खरिदका लागि पहिलो चरणमा संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिइएको छ । खरिदमा इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

आवेदन ३५ दिनभित्र बैंकको बागबजारस्थित सेयर विभागमा लिखित निवेदन पेस गर्नु पर्नेछ । ३५ दिनभित्र विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कुनै ब्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*