गरिमा क्यापिटलद्धारा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन सम्बन्धी जानकारी प्रदान गर्न हेल्पडेस्क संचालन

१२ पुष २०७९, मंगलवार १३:१९

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ सम्बन्धी जानकारी प्रदान गर्न सहायताकक्ष संचालनमा ल्याएको छ । क्यापिटलले धितोपत्र बोर्डले आइपीओमा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि कोटा छुट्याएपछि उनीहरुको सहजताका लागि सो सम्बन्धी जानकारी प्रदान गर्न सहायता कक्ष संचालनमा ल्याएको हो ।

यस अन्तर्गत सार्वजनिक निष्काशनमा आवेदन दिनका लागि निम्न उल्लेखित मापदण्डहरु पुरा गरेको हुनु पर्दछ
. नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक मार्पmत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्ने छ ।

. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपि) मार्पmत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नु पर्नेछ ।

. नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरी विप्रेषण (रेमिट्यान्स) बचत खाताको लागि बैंक मार्फत सि–आश्वा रजिष्ट्रेशन नम्बर–सीआरएन लिनु पर्नेछ ।

. आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ (अक्षरेपीः पचास हजार रुपैयाँ) आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनु पर्ने छ । आवेदकले सार्वजनिक निष्काशन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।

क्यापिटलले ग्राहकहरुको हितलाई मध्यनजर राख्दै ‘हरेक नेपाली शेयरधनी’ अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुलाई उपरोक्त विषय बारे जानकारीे प्रदान गरी सहजीकरण गर्नका निमित्त यस सहायता कक्ष संचालमा ल्याएको जनाएको छ ।

गरिमा क्यापिटल लिमिटेडको सहायताकक्षमा देहाय बमोजिमका विशेष जानकारीको लागि कम्पनीको ल्याण्डलाईन नम्बर वा भाइबर।ह्वाट्एप।बोटिममार्फत सम्पर्क गर्न सक्नेछन् ।
१. बैंकमा रेमिट्यान्स बचत खाता खोल्नको लागि
२. डिम्याट÷हितग्राही र मेरोशेयर खाता खोल्नको लागि
३. बैंकबाट सिआरएन सीआरएन नम्बर लिनको लागि
४. सार्वजनिक निष्काशनमा आवेदन दिनको लागि

ग्राहकरुले उपरोक्त प्रयोजनको लागि वैदेशिक रोजगारी विप्रेषण ९रेमिट्यान्स० बचत खाता र हितग्राही तथा मेरोशेयर खाता गरिमा विकास बैंक लिमिटेडको वेवसाईट garimabank.com.np मा गई वा अनलाइनमार्फत यस लिंक https://bit.ly/3hCYVQz  मा क्लिक गरी खोल्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*