सेबोनद्धारा दुई हाइड्रोपावरलाई आइपीओ निष्काशनको अनुमति, कुनको कति ?
१२ पुष २०७९, मंगलवार १२:११

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुुई कम्पनीलाई आइपिओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ । जितुमाया सुरि हाइड्रोपावर र सानिमा मिडिल तमोरले बोर्डबाट पौस ७ गते अनुमति पाएको हो ।
सानिमा मिडिल तमोरले बोर्डबाट ८३ लाख ३१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको छ । कम्पनीले आइपीओ निष्कासनको मिति तोकि पहिलो चरणमा बैदेशिक रोजगरीमा गएका र स्थानिय बासिन्दाका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछन् । कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
जितुमाया सुरि हाईड्रोपावरले २२ लाख ८० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको छ । यसको विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।












