मर्जर प्रकृयामा रहेको सेन्चुरी कमर्सियल बैंकको यस्तो छ शेयर संरचना, कसको कति छ लगानी ?

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर संरचनासम्बन्धि विवरण स्वामित्व रहेको छ । बैंकमा सबैभन्दा बढी शेयर स्वामित्व एशियन लाइफ इन्स्योरेन्स र संस्थापक समुहको रहेको छ । दुबैको ५३ दशमलव ४९ प्रतिशतले शेयर स्वामित्व रहेको छ । जसमा इन्स्योरेन्सको १८ लाख ६४ हजार कित्ता र संस्थापक समुहको ४ करोड ३० लाख ७८ हजार कित्ता शेयर स्वामित्व रहेको हो ।
बैंकमा सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४६ दशमलव ५९ प्रतिशतले रहेको छ । जसमा ३ करोड ९२ लाख २२ हजार कित्ता शेयर रहेको हो ।
भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको ०.६४ प्रतिशत अर्थात ६ लाख ११ हजार, सुचित्र सिजापतिको ०.६२ प्रतिशत अर्थात ५ लाख ९५ हजार ४१५ कित्ता, मनिक रत्न शाक्यको ०.६१ प्रतिशत अर्थात ५ लाख ८० हजार ६७९ कित्ता, गोकर्ण राइको ०.६० प्रतिशत अर्थात ५ लाख ७५ हजार ८३३ कित्ता रहेको छ ।
यस्तै शारदा केसीको ०.५९ प्रतिशत अर्थात ५ लाख ६१ हजार ९०, कर्मचारी सञ्चय कोषको ०.५८ प्रतिशत अर्थात ५ लाख ५३ हजार ६९४ कित्ता, मान बहादुर राइको ०.५२ प्रतिशत अर्थात ४ लाख ९५ हजार ६६६ कित्ता र ए.जी प्रालिको ०.५० प्रतिशत अर्थात ४ लाख ७६ हजार ८२४ कित्ता रहेको छ ।
बैंकले हालसम्ममा ८४ करोड १ लाख ५४ हजारको शेयर संरचना बनाउन सफल भएको छ ।












