वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको आगमनसँगै शेयरबजारमा उछाल आएको छ ।
अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज पनि ५९.८७ अंकले बढेर १९८३ को विन्दुमा पुगेको छ । लगानीकर्तामा अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै शेयरबजार उचालिने आशा पलाएको छ ।
आज शेयरबजारमा ३ अर्ब ८८ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक लक्ष्मी बैंक लिमिटेडको २० करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल टेलिकमको १४ करोड २ लाख, हिमालयन डिष्टिलरीको १२ करोड १४ लाख, नबिल बैंकको ११ करोड ३२ लाख र एनआइसी एशिया बैंकको १० करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













