नोटमा हस्ताक्षर गर्ने गभर्नरको कति हुन्छ तलब ? अन्य उच्च तहका कर्मचारी तलब सहित

काठमाडौं । नेपाल राष्ट्र बैंकका संचालकले भत्ता बापत ३७ लाख ८६ हजार ५२८ रुपैयाँ वितरण गरेको छ। राष्ट्र बैंकका संचालकहरुले गत आर्थिक बर्षमा उक्त रकम भत्ता तथा अन्य भत्ता र सुुविधा बापत लिएका हुन् ।
राष्ट्र बैंकका गभर्नरले गत वर्ष ४९ लाख ५ हजार २५५ रुपैयाँ पारिश्रमिक तथा तलव भत्ता बुझेका छन् ।सञ्चालक समितिका सदस्यले अन्य विभिन्न भत्ता सुविधाहरु पनि पाउनेछन् ।राष्ट्र बैंकले बोर्ड सदस्यलाई दिने भत्ता ९ हजार रुपैयाँ दिने गरेको छ । २०७८ मंसिर १ गतेदेखि लागू हुने गरी ५ हजारबाट बढाएर ९ हजार रुपैयाँ पुर्याईएको छ । राष्ट्र बैंक सञ्चालक समिति सदस्यले पाउने तलब भत्ता एकै पटक ८० प्रतिशतले बढेको छ ।
गत आवमा भत्ता बापत सञ्चालक मधु मरासिनीले ७ लाख ४३ हजार ४२५ रुपैयाँ लिएका छन् । जसमा भत्ता बापत २ लाख ५८ हजार र अन्य भत्ता तथा सुविधा बापत ४ लाख ८५ हजार ४२५ रुपैयाँ बुझेका छन् ।यस्तै शिशिर कुमार ढुंगानाले ४१ हजार २३८ रुपैयाँ लिएका छन् । जसमा बैठक भत्ता बापत १० हजार रुपैयाँ लिएका छन् भने अन्य भत्ता तथा सुविधा बापत ३१ हजार २३८ रुपैयाँ लिएका छन् ।
यता सञ्चालक समिति सदस्य चिन्तामणी शिवाकोटीले १ लाख २५ हजार ५६४ रुपैयाँ लिएका छन् । जसमा भत्ता बापत ९० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधा बापत ३५ हजार ५६४ रुपैयाँ लिएका छन् ।
राष्ट्र बैंकबाट भत्ता बापत सञ्चालक डा. शंकर प्रसाद आचार्यले १ लाख १३ हजार ४१२ रुपैयाँ लिएका छन् । जसमा भत्ता बापत ९० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधा बापत २३ हजार ४१२ रुपैयाँ लिएका छन् । यता डा. श्री राम पौडेलले १३ लाख ३८ हजार ३५४ रुपैयाँ लिएका छन् । जसमा भत्ता बापत २ लाख ६ हजार र अन्य भत्ता तथा सुविधा बापत ११ लाख ३२ हजार ३५४ रुपैयाँ लिएका छन् ।
त्यस्तै, संचालक रामजी रेग्मीले ५ लाख ७७ हजार १९ रुपैयाँ लिएका छन् । भत्ता बापत मात्रै २ लाख १५ हजार र अन्य भत्ता तथा सुविधा बापत ३ लाख ६२ हजार १९ रुपैयाँ लिएका छन् भने डा. सुबोध कुमार कर्णले ८ लाख ४७ हजार ५१६ रुपैयाँ लिएका छन्












