नेप्सेद्धारा ५ कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई वाणिज्य बैंकसहित ५ कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र विन्धवासिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले सिद्धार्थको १२.५० प्रतिशत, नेपाल एसबिआइको ३ प्रतिशत, लुम्बिनीको ३ प्रतिशत, राधीको ४.७५ प्रतिशत र विन्धवासिनीको ५ प्रतिशत बोनस शेयर वितरणको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम सिद्धार्थ बैंकको ३३९ रुपैया, नेपाल एसबिआई बैंकको २९६ रुपैयाँ ४० पैसा, लुम्बिनी विकास बैंकको ३४७ रुपैयाँ, राधी विद्युत कम्पनीको २२२ रुपैयाँ र विन्धवासिनी हाइड्रोपावरको ३८४ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य क्रमशः ३०१ रुपैयाँ ३३ पैसा, २८७ रुपैयाँ ७७ पैसा, ३३६ रुपैयाँ ८९ पैसा, २११ रुपैयँ ९३ पैसा र ३६५ रुपैयाँ ७१ पैसा कायम गरेको छ ।
सोही मूल्यकै आधारमा भोलि यी पाँचवटै कम्पनीको शेयरबजारमा कारोबार खुल्नेछ । न












