एनआइसी एशिया बैंकद्धारा गुल्मी जिल्लामा १७औं शाखारहित सेवा संचालन

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले १७औं शाखारहित बैंकिङ सेवा संचालमा ल्याएको छ । बैंकले गुल्मी जिल्ला, गुल्मीदरबार गाउँपालिकाको ठूला पोखरामा सो शाखा विस्तार गरेको हो ।
सहरी तथा ग्रामीण जिल्लाहरूमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुका साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले गुल्मी दरबार गाउँपालिकाको ठूला पोखरामा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन गुल्मी दरबार गाउँपालिका ७ का वडा अध्यक्ष हिराबहादुर खत्रीले उद्घाटन गरे भने उक्त शाखारहित बैकिङ सेवाका प्रतिनिधिको रूपमा बैंकले खुमतास अर्याललाई नियुक्त गरेको छ ।
सो सेवाबाट स्थानीय वासिन्दाहरूले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।












