तीन लघुवित्तसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनले कति दिदैछ ?

काठमाडौं । तीन लघुवित्त वित्तीय संस्थासहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, युनाइेटड इन्स्योरेन्स, कालिका पावर लिमिटेड र सेन्ट्रल फाइनान्सको लाभांश भोलिसम्म कायम शेयरधनीहरुले मात्रै पाउनेछन् ।
फर्स्ट माइक्रोफाइनान्स
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश सहित २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न संस्थाले पुष ३० गते अम्रपाली बैंक्वेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे बस्नेगरी १३औं साधारण सभा आह्वान गरेको छ । संस्थाले पुष १७ गते बुकक्लोजको मिति तोकको छ । पुष १५ र १६ गते सार्वजनिक विदा भएको कारण भोलि पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
फरवार्ड माइक्रोफाइनान्स
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोही लाभांश पारित गर्न संस्थाले पुष ३० गते दिनेश चौधरी स्मृति प्रतिष्ठान, सुनसरीमा दिउँसो १ बजे बस्नेगरी १०औं साधारण सभा आह्वान गरेको छ । संस्थाले पुष १७ गते बुकक्लोजको मिति तोकको छ । पुष १५ र १६ गते सार्वजनिक विदा भएको कारण भोलि (पुष १४) गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
आरएसडीसी लघुवित्त
आरएसडीसी लुघवित्तले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न संस्थाले पुष २९ गते एशियन होटल, बुटवलमा बिहान ९ बजे बस्नेगरी ९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पुष पुष १५ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ भोलि (पुष १४) गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।
युनाइटेड इन्स्योरेन्स
युनाइटेड इन्स्योरेन्सले गत आव २०७८।७९ बाट शेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर र ९ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोही लाभांश पारित गर्न कम्पनीले पुष २७ गते अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजे बस्नेगरी २९औं साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुष १७ गते बुकक्लोजको मिति तोकको छ । पुष १५ र १६ गते सार्वजनिक विदा भएको कारण भोलि पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
कालिका पावर
कालिका पावरले गत आवको म्ुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुष २९ गते कम्पनीको रजिष्टार्ड कार्यालय भरतपुर चितवनमा बिहान ११ बजे बस्नेगरी साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुष १७ गते बुकक्लोजको मिति तोकको छ । पुष १५ र १६ गते सार्वजनिक विदा भएको कारण भोलि (पुष १४) गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
सेन्ट्रल फाइनान्स
सेन्ट्रल फाइनान्सले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुष २९ गते कम्पनीको प्रधान कार्यालय कुपण्डोल ललितपुरमा बिहान १० बजे बस्नेगरी २६औं वार्षिक साधारण सभा आह्वान गरेकोछ । कम्पनीले पुष १७ गते बुकक्लोजको मिति तोकको छ । पुष १५ र १६ गते सार्वजनिक विदा भएको कारण भोलि (पुष १४) गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।












