नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
१३ पुष २०७९, बुधबार १५:०५

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा ११ अंकको गिरावट आएको छ । नयाँ सरकार गठन भएसँगै दुई दिन उच्च अंकले बढेको शेयरबजार आज ११.८१ अंकले घटेर १९७२ विन्दुमा कायम भएको छ ।
शेयरबजार घटेसँगै आज कारोबार रकम समेत घटेर २ अर्ब १५ करोडमा सीमित भएको छ । सर्वाधिक नबिल बैंकको ८ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, रिडी पावरको ८ करोड ४ लाख, अपर तामाकोशीको ७ करोड ८४ लाख, हिमालयन डिष्टिलरीको ७ करोड २४ लाख र प्राइम कमर्सियल बैंकको ५ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













