दुई वाणिज्य बैंकसहित ४ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ४ कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले प्राइम कमर्सियल बैंक, नेपाल बैंक, मितेरी डेभलपमेन्ट बैंक र एचआइडीसीएलको शेयरमूल्य समायोजन गरेको हो ।
प्राइम बैंकको २२८ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले ४ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य २२० रुपैयाँ १० पैसा तोकेको छ । साथै नेपाल बैंकको २८६ रुपैयाँ ८० पैसाका आधारमा नेप्सेले २ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य २८० रुपैयाँ ८८ पैसा कायम गरेको छ ।
त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकको ४१० रुपैयाँको आधारमा १२.३५ नेप्सेले प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ३६४ रुपैयाँ ९३ पैसा कायम गरेको छ । त्यस्तै, एचआइडीसीएलको आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको शेयरमूल्य १८६ रुपैयाँका आधारमा ५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य १७७ रुपैयाँ १४ पैसा कायम गरेको छ ।
सोही मूल्यकै आधारमा भोलि यी ४ वटै कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ ।












