कुमारी र एनसीसी बैंकको पुष १७ गतेदेखि शेयर कारोबार रोक्का रहने

१४ पुष २०७९, बिहीबार १०:४५

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जर सम्बन्धी सम्झौता भई यहि पुष १७ गतेदेखि एकीकृत कारोबार हुँदैछ । दुवै बैंकले एकीकृत कारोबार गर्नको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)समक्ष शेयर कारोबार रोक्का राख्न अनुरोध गरेको छ ।

कुमारी र एनसीसी बीच मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भई दुवै संस्थाको एकीकृत वित्तीय कारोबार यहि पुष १७ गते देखि कुमारँी बैंक लिमिटेडको नामबाट शुरु हुने भएको छ ।

साथै सो बमोजिम नेपाल धितोपत्र बोर्डंबाट जारी धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन बमोजिम लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लािग दुवै संस्थाको एकीकृत वित्तीय कारोबार सुरु हुने मिति पुष १७ गतेदेखि १५ दिनको लागि शेयर कारोबार रोक्का गर्ने संचालक समितिको पुष १३ गते बसेको बैठकले सो निर्णय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*