शेयरमूल्य बढेसँगै एनआइसी एशिया बैंकको सर्वाधिक डेढ करोडको कारोबार

१४ पुष २०७९, बिहीबार ११:४४

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार खुलेको केही समयमा नै एनआइसी एशिया बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको छ ।

यो समाचार तयार पार्दासम्म बैंकको एक करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । साथै बैंकको शेयरमूल्य १४ रुपैयाँले बृद्धि भई ७०३ रुपैयाँ पुगेको छ । शेयरमूल्य बढेसँगै बैंकका शेयरधनीहरुले धमाधम शेयर खरिदबिक्री गर्न लागेका हुन् ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको पुँजीकोष पुर्याउन नसक्दा एनआइसी एशियालाई राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*