प्रभु बैंकको २१औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१४ पुष २०७९, बिहीबार १२:५१

काठमाडौं । प्रभु बैंक लिमिटेडको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष लिला प्रसाद सिटौलाको अध्यक्षतामा आज सम्पन्न भएको हो ।

सभाले बैंकको सञ्चालक समितीले प्रस्ताव गरेको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पारित गरिएको छ ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने तथा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने र प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि पारित गरिएको छ ।

त्यसैगरी, सभाले प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेको निर्णय लगायतका सम्पूर्ण कार्य अनुमोदन गरेको छ। सभाले सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*