नेप्से इन्डेक्स २ हजारको विन्दुमा, ५६ अंकले शेयरबजार बढ्दा पौने ३ अर्बको कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा ५६ अंकको बृद्धि भएको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज ५६.८८ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ ।
लामो समयदेखि १८।१९ सयको विन्दुमा कायम भएको नेप्से इन्डेक्स आज २.८८ प्रतिशतले बढेर २ हजारको विन्दुमा कायम भएको छ । नेप्से इन्डेक्स बढेसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।
यसैको प्रभावले आज नेप्सेमा सूचीकृत २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेमा रहेका १३ इन्डेक्समा नै हरियाली छाएको छ । सर्वाधिक आज फाइनान्स इन्डेक्सको ५.३८ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जिवन बीमा सूचकको ४.३९ प्रतिशतले बढेको छ ।












