तीन लघुवित्तसहित ५ कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कुनको कतिमा खुल्ला कारोबार ?

१४ पुष २०७९, बिहीबार १६:१४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पाँच कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले तीन लघुवित्त संस्थासहित पाँच कम्पनीको बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले फर्स्ट माइक्रोफाइनान्सको ७६२ रुपैयाँ ९० पैसाका आधारमा १९ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ६४१ रुपैयाँ ९ पैसा कायम गरेको छ । त्यस्तै, फरवार्ड माइक्रोफाइनान्सको आजसम्म कायम २३८० रुपैयाँका आधारमा नेप्सेले २५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य १९०४ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, आरएसडीसी लघुवित्तको कायम ५६७ रुपैयाँ ९० पैसाका आधारमा ८ प्रतिशत बोनस शेयर वितरणपछि नेप्सेले सो कम्पनीको शेयरमूल्य ५२५ रुपैयाँ ८३ पैसा कायम गरेको छ ।

साथै युनाइटेड इन्स्योरेन्सको ४०२ रुपैयाँका आधारमा ५ प्रतिशत बोनस शेयर वितरणपछि नेप्सेले सो कम्पनीको मूल्य ३८२ रुपैयाँ ८६ पैसा कायम गरेको छ । साथै कालिका पावरको ३८५ रुपैयाँ ४० पैसाका आधारमा १५ प्रतिशत बोनस शेयर वितरणपछि नेप्सेले सो कम्पनीको ३३५ रुपैयाँ १३ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा अब यी पाँच कम्पनीको आइतबार कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*