बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त बद्री बोहोरा पेप्सीकोलाबाट पक्राउ
१४ पुष २०७९, बिहीबार १६:४८

काठमाडौं । बैंकिङ कसूरको मुद्दा लागेर फरार रहेका अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी– गाउँपालिका–६ बस्ने ४२ वर्षीय बद्री बोहोरालाई पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पेप्सीकोटाबाट बुधबार पक्राउ गरेको हो ।
बोहरालाई पाटन उच्च अदालतले मिमिति २०७९ मंसिर १८ गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ११ लाख ६० हजार जरिवानाको फैसला गरेको थियो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत खगनखेल पठइएको छ ।












