सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रिमा

१५ पुष २०७९, शुक्रबार १०:०६

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । लघुवित्तले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४७ हजार १६२ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।

यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

इच्छुक लगानीकर्ताले ३५ दिनभित्र सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल वा सूर्योदय वोमी लघुवित्तको कर्पोरेट कार्यालय महालक्ष्मी–४, इमाडोल, ललितपुरमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन फारम बुझाउन सक्नेछन् । बिक्री मूल्य भने बिक्रीकर्ताले तोके वमोजिम हुने सूचना उल्लेख छ ।
एयकत थ्यगच ऋयmmभलत

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*