एभरेष्ट बैंकद्वारा सिएसआर अन्तर्गत खानीखोला धादिङको श्री मच्छिन्द्र माध्यामिक विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।
यसै सन्दर्भमा बैंकले एक कार्यक्रमका बिच धुनिबेशी नगरपालिका वडा नम्वर ७ खानीखोला, धादिङमा अवस्थित श्री मच्छिन्द्र माध्यामिक विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आर्पूति गर्नका लागि पावर ब्याकअप सिस्टम जाडान गर्नको लागि २ लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका सिएसआर कमिटिका सदस्य तथा नायब महाप्रबन्धक केशव राज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गरेका थिए । यस बाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा विद्यलायका उप–प्रधानाध्यापक गोवर्धन गोदार र बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकको धार्के शाखाका प्रबन्धक कुमार शेर्पा लगायत अन्य विभिन्न क्षेत्रका व्यातिहरुको समेत उपस्थिति रहेको थियो ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२३ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५९ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।












