सिद्धार्थ बैंकको नयाँ मुद्दती योजना सञ्चालनमा, के छन् विशेषता ?

१५ पुष २०७९, शुक्रबार १७:१०

काठमाडौं । सिद्धार्थ बैंकले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा श्रीवृद्धि प्लस मुद्दती योजना सञ्चालनमा ल्याएको छ। बैंकले एक करोड रुपैयाँसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने मुद्दती योजना सञ्चालनमा ल्याएको हो।

व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दती योजना अन्तर्गत न्यूनतम ५० हजार रुपैयाँमा खाता खोल्न सकिने बैंकले बताएको छ। यस मुद्दती योजनामा ग्राहकहरूले निक्षेप रकमको २ गुणासम्मको प्रतिफल प्राप्त गर्न सक्ने बैंकको भनाइ छ। यसका अतिरिक्त, पहिलो वर्षको लागि निस्शुल्क क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सकिनेछ।

यस मुद्दती योजनाको बीमा साझेदार महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ। बैंकका अनुसार ग्राहकहरूले सिद्धार्थ बैंककोे सबै शाखा कार्यालयहरूबाट सहजै यो मुद्दती खाता खोल्न सक्नेछन्।

बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २१५ वटा एटिएम, ११८ शाखारहित बैंकिङ सेवा र एक हजार ८०० भन्दा बढी पिओएस मेसिनमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*