कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार सुरु

१७ पुष २०७९, आईतवार १०:३५

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकबीच आजबाट एकीकृत कारोबार सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीचमा एकीकृत कारोबार शुभारम्भ  गरिएको हो ।
नियामक निकाय नेपाल राष्ट्र बैंक, दुवै बैंकका अध्यक्ष, सिईओहरु उपस्थित भव्य कार्यक्रमका बीचमा कुमारी बैंक र एनसीसी बैंक बीचमा मर्जर भई एकीकृत कारोबार शुभारम्भ भएको हो ।

कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणा, एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्याैपाने तथा सिईओहरू रमेश अर्याल तथा रामचन्द्र खनालकाे उपस्थिति रहेकाे थियाे ।

आज आयाेजित कार्यक्रमका बीच दुवै बैंकका अध्यक्ष उपेन्द्र केशरी न्याैपाने तथा अमिर प्रताप राणाले संयुक्त रूपमा शुभारम्भ गरेका छन् । एकीकृत काराेबारपछि बैंककाे चुक्ता पुजि २६ अर्बभन्दा माथि पुगेकाे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*